इन्द्रेणी संवाददाता
सल्यान, २३ असार
सल्यान प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका २ अभियुक्तलाई ७ बर्ष पछि पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लुहामले धनबाङ गाविस ९ निबासी ४५ बर्षका कर्णबहादुर सेन ठकुरी र दमाचौर गाविस ३ का ४६ बर्षिय रणबहादुर चन्दलाइ पक्राउ गरेको हो ।SAVE

२०६६ सालमा धनबाङका एक जनाको हत्या गरी उनीहरु फरार भएका थिए । उनीहरुविरुद्ध ज्यान मारेको मुद्दामा पुनरावेदन र सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो । जिल्ला अदालत सल्यानले घटनामा संलग्न मध्ये एक जनालाई सर्वश्वसहित जन्मकैदको फैसला गरेको थियो ।

तर अर्का फरार अभियुक्तलाई भने सफाई दिएको थियो । जिल्ला अदालतको फैसला चित्त नबुझे पछि पिडितले पुनरावेदन अदालत तुलसीपुर र सर्वोच्च–अदालतमा दिएको रिटका आधारमा दुवै अदालतले एक÷एक बर्ष कैद सजायको फैसाल तोके पछि दुवै जना फरार थिए ।

फरार दुबै अभियुक्तलाई ७ वर्ष पछि पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लुहाम सल्यानका प्रमुख तथा प्रहरी निरिक्षक सुरेश गौतमले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनालाइ कारागार चलान गरिएको प्रहरी निरिक्षक गौतमले वताउनुभयो ।।