काठमाडौं, २ असार । बझाङमा भएको जीप दुर्घटनामा नौजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परि थप चारजना गम्भीर घाइते भएका छन् ।

accdentसदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जीप सडकबाट चारसय मिटर तल अप्ठ्यारो ठाँउमा खसेको र मानिस जान नसक्ने भएकाले उद्दारमा कठिनाई भइरहेकोे जनाएको छ । दुर्घटनामा परी मृत्यु भएकाको सनाखत हुन सकेको छैन ।