भारत, २ असार। भारतको बिहारमा अचाक्ली गर्मी र लूको कारणले २४ घण्टाको अवधीमा ६६ जनाको मृत्यु भएको छ । मृतकमध्ये औरङ्गाबाद सहरमा सबैभन्दा बढी ३०, गयामा २५ र प्रदेश राजधानी पटनामा तीन जना छन् ।

garmiलूबाट प्रभावित कयैन विरामी शरीरमा पोलेको लक्षण लिएर अस्पताल पुगेको थिए । प्रदेशका विभिन्न अस्पतालमा अझै पनि १ सय विरामीको उपचार भइरहेको जानकारी छ । सरकारले अस्पताललाई हाई अलर्टमा राखेको छ ।

डाक्टरका अनुसार ‘लू’ बाट प्रभावितहरुमा भाइरल ज्वरो आएको थियो । मर्ने मध्य अधिकाशं विरामीमा १०२ देखि १०८ डिग्री फरेनहाइट ज्वरो थियो । शनिबार बिहारको तापक्रम अत्यधिक बढेको कारण पनि लूको बिरामी बढेको हो । शनिवार पटनाको अधिकतम तापक्रम ४५.८ डिग्री मापन भएको थियो ।