दाङ । डिभिजन वन कार्यालय दाङ र सामुदायिक वन उपभोक्ता महासंघ दाङले छुट्टाछुट्टै कार्यक्रम गरी विश्ववातावरण दिवस मनाएका छन । डिभिजन वन कार्यालय दाङले तुल्सीपुरमा र वन महासंघले सौडियारमा कार्यक्रम गरेका हुन ।
“स्वच्छ वायु, स्वस्थ जीवन“ भन्ने मूल नाराका साथ विश्व
वातावरण दिवसको अवसरमा आज डिभिजन वन कार्यालय दाङले तुलसीपुर उप–महानगरपालिका अन्तर्गतका ५वटा टोल विकास संस्थाहरुलाई केन्द्रित गरी सार्वजनिक स्थल, गाउँनगर सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।











