कैलाली, २४ जेठ । गएराति आएको हावाहुरीले कैलालीमा दुई जनाको मृत्यु भएको छ ।
हावाहुरीमा परी गोदावरी–८ का वीरबहादुर चौधरी र टीकारपुर–२ लाहानु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । हावाहुरीबाट घाइते हुनेहरुको संख्या ८१ पुगेको छ ।
त्यस्तै गएराति नै आएको हावाहुरीले कञ्चनपुरमा सयौं घरको छाना उडाएको छ । बिजुलीका सयौं पोल ढलेका छ्न । त्याहाँ अहिलेसम्म २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घाइतेहरुमध्ये सामान्य अवस्थाकाहरु उपचारपछि घर फर्किएका छन् भने अन्य कहीको उपचार भइरहेको छ ।











