दाङ, २० जेठ । दाङमा रोकिराखेको बस दुर्घटना हु्ँदा दश जना गम्भीर घाइते भएका छन् । दाङको लमही नगरपालिका ९ रिहारमा नारायणगढबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ६ ख १२६४ नम्बरको बस दुर्घटनामा भएको हो ।

accdentयात्रुहरुले दिसा पिसाव गर्ने भनेपछि सडकमा रोकेर आफै गुड्दा दुर्घटना भएको थियो । करीव ४० जना यात्रु बोकेको उक्त वस रोकिएपछि ३० जना दिसा पिसावका लागि वाहिर गएको र वसमा बसेका दश जना घाइते भएको हुन् । घाइते मध्य चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरीले जनाएको छ । बस सडकबाट करीव १५ मिटर तल खसेको थियो ।

दुर्घटनामा परी कैलालीको टिकापुर ८ बस्ने भागीराम डगौरा, उनकी श्रीमती बेज्या चौधरी, कैलालीकै लम्किचुहा कृष्ण भण्डारी र डडेल्धुराको अमरगढी २ का गोपाल सार्की गम्भीर घाइते भएका हुन् । उनीहरुको कोहलपुर उपचार भइरहेको छ । दुर्घटना गएराति सावा १२ बजेतिर भएको थियो ।