इन्द्रेणी संवाददाता
दाङ, २० जेठ । व्राउन सुगरसहित दाङमा दुई जना पक्राउ परेका छन् । विशेष सूचनाका अधारमा रातको समयमा लमहीको अमिलियामा बा १९ च ८८३३ नम्बरको गाडीलाई चेकजाँच गर्दा बाँकेका गुड्डु कपडिया र सोही निवासी रुक्साना कपडिया पक्राउ परेका हुन् ।
गएराति २ बजेतिर प्रहरीले उक्त गाडीमा चेकजाँच गर्दा १८० ग्राम खैरो हिरोयनसहित पक्राउ गरिएको हो । सुर्खेतका लक्ष्मण सापकोटाले चलाएको उक्त हाइलेक्स गाडीमा चेकजाँच गर्दा उक्त लागुऔषध र ७ हजार जगद मोवाइललगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।











