काठमाडौं, १८ बैशाख। एक साताको औपचारिक चीन भ्रमण रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा समस्या देखा परेपछि आज स्वदेश फर्कदै छन् ।

rastapatiचीनको राजधानी बेइजिङमा भएको बेल्ट एन्ड रोड (बिआरआई) फोरमअन्तर्गत गोलमेच सम्मेलनमा सहभागी हुन गत बुधबार चीन प्रस्थान गरेकी विद्यादेवी भण्डारी आज स्वदेश फर्किन लागेकी हुन् ।

स्वास्थ्यमा समस्या देखा परेपछि उनी सम्मेलनका कार्यतालिकाभन्दा एक दिनअघि स्वदेश फिर्ता हुन लागेकी हुन् ।