दाङ । कमलरी विषयवस्तुमा निर्माण गरिएको चलचित्र लावाजुनीको आगामी बैशाख २८ गते घोराहीमा विशेष प्रदर्शन हुने भएको छ ।

LwajuniPoster (1)ग्रामीण महिला उत्थान केन्द्रले सिकलसेल विरामीहरुको उपचार सहयोगार्थ लावाजुनीको विशेष शो गर्न लागिएको संस्थाका अध्यक्ष आशमानी चौधरीले बताए ।  बैशाख २८ गते घोराहीको नीम चित्र मन्दिरमा बिहान ८ बजे लावाजुनी प्रदर्शन गरिनेछ ।

विशेष प्रदर्शनीमा विशिष्ट दर्शकहरुको लागि  ५ हजार र साधारण दर्शकहरुका लागि रु. १ हजार दरका टिकटको व्यवस्था गरिएको छ ।
सामाजिक एवं मानवसेवाका लागि विशेष प्रदर्शनको आयोजना गरिएको हुँदा सबैलाई सहयोग गरिदिनुहुन अध्यक्ष चौधरीले अनुरोध गरे ।

‘लावाजुनी एक चेतनामूलक सामाजिक चलचित्र भएको र विशेष प्रदर्शन सिकलसेल विरामीहरुको उपचार सहयोगार्थ भएको हुँदा सबैपक्षबाट उत्साहजनक सहयोग हुने कुरामा हामी विश्वस्त छौं ।’ अध्यक्ष चौधरीले भने ।

दाङमा मात्र सिकलसेलका विरामीहरु १ सय ६९ रहेको र उनीहरुको आर्थिक अवस्था निकै कमजोर रहेको हुँदा उनीहरुको सहयोगका लागि या प्रदर्शन महत्वपूर्ण हुने संचारकर्मी एवं अभियन्ता संतोष अधिकारीले बताए ।