इन्द्रेणी समाचार
प्युठान, २३ असार
प्यूठानमा पहिरोमा अभिभावक गुमाएका बालबालिकाको बिचल्ली भएको छ । बुवा–आमा सहित तीन दिदीबहिनी गुमाएका प्यूठान रजवारा–३ नेटाका मल्ल परिवारका चार बालबालिका अहिले छिमेकीकोमा साहारा लिएर बसेका छन् ।pyuthan

१४ वर्षिय वसन्त छिमेकीकोमा बस्न गएकाले घटनामा परेनन् । १३ वर्षिय धनबहादुर, ९ वर्षिय सरस्वती र ८ वर्षिय कृष्ण बाँचेका छन् ।

वसन्तले अहिले छिमेकमा काका नाता पर्नेको घरमा बसेर पहिरोमा गुमाएका अभिभावकको किरिया लगायतका मृत्यु सँस्कार गर्दैछन् ।

रजवारा–३ नेटा स्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयमा वसन्त कक्षा ८, धनबहादुर ५, सरस्वती ३ र कृष्ण एक कक्षामा अध्ययन गर्दैछन् । बुवा दुर्गा सोही विद्यालयका कार्यालय सहयोगी थिए ।