काठमाण्डौ, २३ असार
बैदेशिक रोजगारीका लागी कतार पुगेका ३० नेपाली अलपत्र परेका छन । अलपत्र पर्नेमाा रोल्पा लगाएत जिल्लाका छन । अलपत्र परेकामध्य रोल्पा उवा गाविस—६ का ३० वर्षीय पहलमान पुन मगर अघिल्लो साँझ साइड काम गर्ने स्थलबाट क्याम्पसम्म ट्याक्सी चढेर आउनुभयो तर डिउटी सकेर दुई घण्टासम्म घाममा तड्पिएर बस्दा पनि बस लिन आइपुगेन ।
पहलमानलाई बस किन लिन आएन भन्ने जानकारी पनि आएन । उहाँले ‘कतै केही भएर बिग्रियो होला भन्ठान्नुभो । ’ भोलीपल्ट २१ जुनको बिहान सबेरै उनीसहित कामदारहरु काममा निस्कन सधै झैं क्याम्पको बाहिर आएर तयारी अबस्थामा बसेका मात्रै थिए, बस डाइभर आइपुगेर भने, कम्पनीको जिम्मेवारी लिने कोही छैन, मुदिर म्यानेजर, इन्जिनियर कोही सपर्म्कमा छैनन् ।
अफिस खाली छ । अब के काममा जान्छौ ?
६ वटा प्रोजेक्टमा काम गरिरहेका ती कामदारहरु ड्राइभरका कुरा सुनेर चिन्तित भए । सबै कोठामै फर्किए । कार्यालय नै खाली गरेर सञ्चालक भागेपछि अल साहाबा गुप्र कम्पनीका एक सय ३० जना नेपाली कामदार अलपत्र परेका हुन् ।
‘पहिला यही कम्पनीमा तीन सय भन्दा बढी थिए । एकसय २४ जना कामदारलाई यो तीन महिनामा फर्काइ सकेको उहाँले वताउनुभयो । ती कामदार अल साहाबा बिल्डिङ कन्ट्रक्सन, असस इन्जिनियरीङ, इन्साइट एड्भान्सड कन्ट्रक्सन, प्याराडाइज ट्रेडिङ एण्ड सप्लाईसमा कार्यरत थिए ।