इन्द्रेणी संवाददाता 

तुलसीपुर २२ असार ।  भोली विहीवार हुने भनिएको दाङको पश्चिम क्षेत्रका सामुदायिक विद्यालयको परिक्षा स्थगित भएको छ । पुर्व तालिका अनुसार भोलि हुने भनिएको पश्चिम क्षेत्रका सामुदायिक बिद्यालयहरुको परिक्षा २९ गते आईतबार हुने भएको हो । आज वसेको पश्चिम क्षेत्र स्तरिय परिक्षा समितिको वैठकले भोलि मुस्लीम समुदायको महान पर्व ईद उद फितर परेको र सरकारले सार्वजनिक विदा दिएकाले स्थगित गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

idd5पर्सि २४ गते देखिका परिक्षा भने नियमित हुने समितिले बताएको छ । बैठक पश्चिम क्षेत्र स्तरिय परिक्षा समितिका अध्यक्ष बिष्णु प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

भोली बिहिबार असार २३ गते बिहीबारका दिन इस्लाम धर्मावलम्बीको पर्व ईद  परेकाले सरकारले सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बुधबार जारी गरेको सूचनामा उक्त दिन नेपाल राज्यभर सार्वजनिक पर्व बिदा दिने निर्णय भएको जनाइएको छ ।