इन्द्रेणी संवाददाता
दाङ, २२ असार । जिल्ला प्रशासन कार्यालय दाङले जिल्लाका प्रमुख ब्यापारिक केन्द्रहरुमा बजार अनुगमनलाइ तिब्रता दीएको छ । कार्यालयले बिभीन्न सरोकारवालाहरु सहीत तुल्सीपुर क्षेत्रमा अनुगमन गरेको छ । अनुगमनका क्रममा बिभन्न पशलहरुबाट म्याद नाघेका दैनीक उपभोग्य बस्तुहरु समेत बरामद गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधीकारी जिबन प्रशाद दुलालको नेतृत्वमा रहेको अनुगमन टोलीले पशलमा म्याद नाघेका बस्तु बिक्री नर्गन,दर्ता तथा नबिकरण गरे नगरेको मुल्यसुची प्रष्टसंग उपभोत्ताले देख्नेगरी पशलमा राख्न निर्देषण दीएको छ । सहायक प्रजिअ दुलालले अनुगमनका क्रममा जफत गरीएका सामानहरु नियम अनुसार नष्ट गरीने भन्दै कुनैपनी शुर्तीजन्य पदार्थहरु पशलमा खुल्ला रुपमा बिक्री बितरण नर्गन पनी चेतावनी दीनुभयो ।
उहाले अनुगमनका क्रममा धेरै स्थानहरुमा सामान्य पाईएतापनी अनुगमनलाई भने निरन्तरता दिने बताउनुभयो । त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय दाङका नायब सुब्बा तुल्सीराम सुबेदीले चाडपर्बका समयमा मात्र नभएर अब जुनकुनै बेलापनी बजार अनुगमन गरीने बताउनुभयो । त्यस्तै उपभोत्ता हित संरक्षण मंच दाङका अध्यक्ष केशब कुमार शर्माले उपभोत्ता अझै चनाखो हुन आग्रह गर्नुभयो । उहाले सामान खरीदगर्दा म्याद भए नभएको हेरेर मात्र सामान खरिदगर्न उपभोत्ताहरुलाई आग्रह गर्नुभयो ।
साथै उहाँले मुल्य सुचि अनुसारको मुल्य मात्र तिर्न समेत सवैमा अनुरोध गर्नु भयो । अनुगमनमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रजीअ दुलाल,घरेलु कार्यालयका नासु सुबेदी,उपभोत्ता हीत संरक्षण मंचका अध्यक्ष शर्मा,तुल्सीपुर उद्योग बाणीज्य संघका सचिव मिनराज भण्डारी, ईलाका प्रहरी कार्यालय तुल्सीपुरका रामप्रशाद चौलागाई लगाएतको सहभागीता रहेको थीयो ।