जीवन डाँगी
रोल्पा, २३ असार
रोल्पा जिल्ला कृषिमा आत्मनिर्भर बन्दै गएको पाइएको छ । जिल्लामा बिभिन्न कृषि व्यवसायबाट राम्रै आयआर्जन गरेको र कृषिमा राम्रो अबसर भएको जिल्ला कृषि बिकास कार्यालय रोल्पाले बताएको छ ।rolpa

बरिष्ठ कृषि बिकास अधिकृत किशोर प्रसाद पन्तले रोल्पा जिल्लामा बिशेष गरि मकै, आलु , सुन्तला, अलैंची, ओखरको राम्रो सम्भाबना भएको बताउनुभयो । पन्तका अनुसार जिल्लामा पछिल्लो समय तरकारी खेती र बाख्रा पालनमा धेरै युवा किसानहरु पनि आकर्षित भएको जानकारी दिनुभयो ।

कृषकका लागि धेरै राम्रा अनुदानका कार्यक्रम आउने गरेको तर किसानलाई थाहा नहुने भएकाले त्यसलाई किसान सामु पु¥याउन मिडियाहरुले महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताउनुभयो । आफ्नो उद्देश्य रोल्पा जिल्लालाई कृषिमा उदाहरणीय बनाउने रहेको उहाँको भनाई छ ।।