काठमाडौँ, १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरीले प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज बारा पुगेका छन् । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका हुन्।

kp-oliनिरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिएको उन प्रेस संयोजक चेतन अधिकारीले बताए ।
ओलीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे पनि जानकारी लिएका थिए ।

आइतवार साँझ आएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको छ । ती सबैको सनाखत समेत भइसकेको वारा जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।