तुलसीपुर, १८ चैत । गिरिजा प्रसाद कोइराला फाउन्डेशन तुलसीपुर उपमहानगर समितिको प्रेस सल्लाहकारमा सुवास डिसी चयन भएका छन् ।

subasफाउण्डेशनका तुलसीपुर नगर अध्यक्ष डिल्लीवहादुर डांँगीको अध्यक्षता, फाउण्डेशनका प्रदेश सदस्य केशव आचार्यको प्रमुख आतिथ्य एवं नेपाली कांग्रेसका क्षेत्रिय सभापति जगतवहादुर खड्काको विशिष्ट आतिथ्यमा वसेको वैठकले पत्रकार सुवास डिसीलाई फाउण्डेशनका गतिविधिको प्रचार प्रसार तथा सुचना तथा संचार सम्वन्धी आवश्यक सल्लाह सुझावका लागि प्रेस सल्लाहकारको रुपमा मनोनित गरेको हो ।

यस्तै वैठकले हिजो वारा, पर्सा लगायतका जिल्लामा आएको हावा हुरीबाट २ दर्जन वढिको मृत्यु भएको श्रद्धाञ्जली व्यक्त गर्दै सैयौं घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारसंग आवश्यक क्षतिपुर्तिका लागि माग गर्ने समेत निर्णय गरेको छ ।