इन्द्रेणी संवाददाता
दाङ, १८ चैत । आइतवार साँझ बारा र पर्सामा आएको हावाहुरीका कारण ठूलो धनजनको क्षतिप्रति सभामुख कृष्णबहादुर महराले दुःख व्यक्त गरेका छन् । आज उनले एक वक्तव्य जारी गर्दै त्यो प्राकृतिक प्रकोपको घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।
‘आइतबार साँझ आएको हावा हुरी, असिना पानीबाट बारा, पर्सालगायतका जिल्लाहरुमा भएको ठूलो जनधनको क्षतिको खबरले मलाई अत्यन्तै स्तब्ध र मर्माहत बनाएको छ, अकल्पनीय र दुःखद प्राकृतिक विपद्का कारण निधन भएकाहरुप्रति म भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, वक्तव्यमा भनिएको छ ।
वक्तव्यमा प्राकृतिक विपद्मा परी घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग विशेष अनुरोध पनि गरिएको छ ।











