इन्द्रेणी संवाददाता
नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले जिल्लामा विकासे बजेट ठूलो मात्रामा दुरुपयोग हुने गरेको प्रति चिन्ता व्यक्त गरेका छन् । नेपाल प्रेस यूनियन दाङ शाखाको आयोजना तथा तुलसीपुर नगरपालिकाको सहयोगमा बुधबारदेखि तुलसीपुरमा सञ्चालन भएको दुईदिने खोज र विकास पत्रकारिता सम्बन्धी तालिमका प्रमुख अतिथि खड्काले जिल्लामा विनियोजित वजेट मध्ये ७५ प्रतिशत रकमको दुरुपयोग हुनु दुभाग्र्य पूर्ण भएको बताए ।
उनले भने ‘लोकतन्त्रको संस्थागतगर्ने वेलामा समेत नागरिकको सुविधाका लागि विनियोजित वजेटको चरम दुरुपयोग हुँदा समेत ढाकछोप गर्ने उच्च पदस्त पदाधिकारीका कारण लोकतन्त्रको उपहास मात्रै भइरहेको छ ।’ राजनीतिक परिवर्तनसंगै नागरिकको आर्थिक उननयनका लागि वर्षौं जेलजिवन विताएकाहरुपनि राज्यको विकास वजेट दरुपयोगमा तल्लिन भएको देख्दा आफुलाई आत्मग्लानी हुने गरेको सभापति खड्काको धारणा थियो । उनले भने ‘प्रजातन्त्र आयो,तर रुपान्तरण हुने ठाँउ नै हुन सकेको छैन,कसरी बिकासको अपेक्षा गर्ने ।’ नागरिकहरुले तिरेको करवाट गाउँ बस्तीको विकासे योजनामा राजनीतिक नेतृत्वका आशेपासे र भरौटेहरुले व्रह्मलुट मच्चाउने गरेकोले त्यो रोक्न पत्रकारहरुको कलम अझै शसक्त हुनुपर्ने खड्काले बताए ।
उनले पत्रकारहरु नातागोता र आफ्न्तको प्रभाबमा नपरि समाचार सम्प्रेसन गर्नुपर्ने सुझाब दिए । पत्रकारिता निष्पक्ष हुनुपर्ने बताएका उनले अन्यथा समाजमा गलत प्रभाब पार्ने बताए । उनले सत्य,तथ्य,सन्तुलित र बस्तु निष्ठ समाचार आम समुदायले खोजेको बताए । उनले भने ‘मरेर जाँदा रित्तैजाने हो ,वाँच्दा सम्म सतकर्म गर्नु राजनीतिक इमान हो ।’ ग्रामिण जन्तालाई लोकतन्त्रको अनुभुति दिलाउनेगरि काम गर्न ६ सय १ सांसदहरुलाई उनले आग्रह गरेका थिए । तर उनले राजनीतिक परिवर्तन पछि आर्थिक परिवर्तनको अपेक्षामा वसेका नेपाली नागरिकहरुलाई नेतृत्वको कार्यशैलिले निराश तुल्याएको बताए ।
देश रुपमान्तरण हुन नसक्नुको प्रमुख कारण राजनीतिमा इमान नहुनु नै भएको उनले बताए । सभापति खड्काले पत्रकारहरुलाई विकासे योजनामा लुटेराहरुले गरेको बैह्मलुटलाई सार्वजनिक गर्न र लोकतन्त्रको रक्षाको लागि एक ढिक्का भएर कलम चलाउन आग्रह गरेका थिए । कार्यक्रममा तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले मुलुकमा बिकास पत्रकारिताको आशातित विकास हुन नसकेको बताए । अन्तराष्ट्रिय जगतमा यसको ब्यबसायीक रुपमा बिकास भई सकेको तर नेपालमा अझै पनि अपेक्षाकृत रुपमा हुन नसकेको उनेको धारणा थियो । त्यसका लागि अब खोज र बिकास पत्रकारीताको ब्यबसायीकतालाई अगाडी बढाउनु पर्ने उनको सुझाव थियो ।
तालिमका प्रमुख प्रशिक्षक एवं नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाँले समाज विकासका लागि खोजि पत्रकारीता महत्वपुर्ण रहेको बताए । समाजले पत्रकारसंग गरेको अपेक्षालाई आत्मसाथ गर्दै पत्रकारितामा अगाडि वढन स्वच्छ प्रतिपर्धा आवश्यक रहेको चर्चा गरेका थिए । नेपाल प्रेस युनियन दाङका अध्यक्ष शुसिल वस्नेतको सभापतित्व एवं नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको तालिम उद्धघाटन शत्रमा तुलसीपुर नगरपालिका कार्यकारी अधिकृत टोपेन्द्रबहादुर केसी,नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी, नेपाल प्रेस युनियन राप्ती अञ्चल संयोजक केपी घिमिरे,केन्द्रिय सदस्यद्धय सुरेश श्रेष्ठ र सुलोचना गौतम,नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मी,तुलसीपुर उद्योग बाणिज्य संघका महासचिब नेत्रलाल वली,पुनराबेदन बार ईकाइ तुलसीपुरका अध्यक्ष रामशरण चौधरी, नेपाल प्रेसयुनियन दाङका कोषाध्यक्ष शरद रेग्मी,नेपाल ट्रेड युनियन काग्रेस दाङका सचिब ईन्द्र चौधरी,प्रजातन्त्रीक थारु पत्रकार समाजका अध्यक्ष लक्ष्मीमान चौधरी,नेबिसंघ क्षेत्र नं. ४का सभापति एकराज खडका लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
तालिममा २० महिला र २२ पुरुष पत्रकारहरुको सहभागिता छ । आज सम्म सञ्चालन हुने तालिमको प्रमुख प्रशिक्षकमा धर्मेन्द्र झाँ र बिपुल पोख्रेल छन् । उद्घाटन कार्यक्रममा स्वागत मन्तब्य यूनियनका जिल्ला सदस्य सर्मिला डिसी,धन्यबाद ज्ञापन उपाध्यक्ष बसुन्धरा गौतम र सहजीकरण सचिब देबेन्द्र बस्नेतले गरेका थिए ।