गोविन्द खड्का
गत जेठ १८ गते जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठक बस्यो । त्यसले जिल्लाका सरकारी कार्यालयको सरसफाइको अबस्था अनुगमन गरी मुल्यांकन गर्न नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सुदीप गौतमलाई संयोजक तोक्यो । समितिले जेष्ठ २३ देखि २९ सम्म चलेको १७ औ“ राष्ट्रिय सरसफाइ सप्ताह अबधि भित्र गरीसक्ने अधिकार पाएको थियो । त्यो अबधि सकिएको पत्तै भएन । त्यसमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको प्रतिनिधि, जिविस प्रतिनिधि, सम्वन्धित नपा र उद्योग वाणिज्य संघको प्रतिनिधि सदस्य रहने व्यवस्था गरीएको थियो । यतिठुला र जिम्मेवार निकाएलग गरेको निर्णय कागजमै टुंगियो ।
सो बैठक जिल्ला विकास समिति दाङका स्थानिय विकास अघिकारी एवं समितिका अध्यक्ष रमेश गौतमको अध्यक्षता मा भएको थियो । तत्कालीन एसपि कुवेर कडायत, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख जगन्नाथ पुर्वे, नेपाली कांग्रेशका जिल्ला सभापति किर्र्ती बहादुर खड्का, नेकपा माओवादि केन्द्रका निर्मल आचार्य लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधि एवं समितिका पदाधिकारीको सहभागिता रहेको थियो । सो गरीमामय बैठकले कार्यन्वयन गरेन ।
अघिल्लो त्यहि प्रकृतिको बर्ष जिल्ला जनश्वास्थ्य कार्यालले जिल्लामा सरसफाइको उपाधि पाएको थियो । वासफोरमका संयोजक नरेन्द्र केसिको नेतृत्वमा अनुगमनमा निश्किएको टोलिले पशु सेवा लगाएत केहि कार्यालय फोहर भेटिएका थियो । अनुगमन हुदाको दिनकैलागि भएपनि राप्ती उपक्षेत्रीय अस्पताल लगाएतमा सफा गरीएको थियो । जिल्ला विकास समितिको कार्यालयमा कागज चिप्काएर पनि महिला पुरुषका शौचालय छुटाएको थियो । नगरपालिकाको गन्हाउने शौचालयमा प्रशस्त पानी हालिएको थियो । यस पटक अनुगमनै भैन ।
फोहरको थुप्रोमा सरसफाइ अभियान तिब्र बनाउनुपर्छ । यति बेला जिल्लामा देखिएको फोहरको समस्या धेरै सरकारी कार्यालय, अस्पताल, विद्यालय लगाएतका संरचनामा छ । पटक पटक सार्वजनिक हुदा पनि नपत्याउने जिल्ला मालपोत कार्यालय, राप्ती उपक्षेत्रीय अस्पताल लगाएतका परेका छन् । टिका टिप्पनी र गुणासाहरु छरर्पष्ट पारीएको छ । हल के हो कसरी भन्ने उपाए नखुलेको हो कि ? गफैको सुन्दर संसार बनाउने पर्यत्न गरीयो बुझ्न कठिन भएको छ ।
अहिले धेरै चर्चा भएको राप्ती उपक्षेत्रीय अस्पताल घोराही अनुगमन टोलिको नजरमा पर्छ भन्ने ठुलो आश थियो । त्यसको प्रभावले उपलब्धी दिनेछ भन्ने आशा उत्तिकै स्तरको निराशमा बदलियो जव अनुगमनै भैन । अनुगमन टोलिले प्राथमिकता नदिएपछि सञ्चार माध्यम बाट घोचीरहनु बाहेक उपाए रहेन । न त जिल्लाको समग्र स्थितिमा निगरानी राख्ने प्रमुख जिल्ला अधिकारीको दिपक काफ्लेको नजर पुग्न सक्यो । सुधार्नु पर्ने अस्पताल प्रशासनको ठेक्का, ध्यान दिनुपर्ने मिडियाको ठेक्का जस्तो देखियो । जसले लामो समय सम्म लपलब्धी आउन सकिन । केवल चर्चा र विभिन्न स्तरका छलफल बहसको चक्करमा घुमिरहेको छ ।
प्रबेश द्धार नजिक बाट हेर्दा खुईलिएका एक दुईवटा बोर्डहरु छन् । जसले मेटिएर कुनै अर्थ दिदैनन् । तिनलाई उखेल्दै फाल्दै गर्नुपर्छ । या त तिनले दिने सन्देश के हो पुनरलेखन गरेर चिटिक्क पार्न सकिन्छ । त्यति नगरे सम्म उपक्षेत्रीय अस्पतालको मुहारमा कुरुपता देखिईरहने छ । के के नै होला भनेर हौसिदै उपक्षेत्रीय अस्पताल पुग्नेहरु पहिलो पाईलामै निराश बनाउछ । मानव बचाउने थलो, यस क्षेत्रकै अगुवा, मेडिकल कलेज वा प्रतिष्ठानको चर्चा बटुलेको हाई हाई छ । भित्र पसेर चारैतिर नजर लाउने हो भने सुधार्ने धेरैचिज देखिन्छ ।
मुल गेट बाट भित्र पसेर दाया“तिर बढ्यो भने फोहर शुरु हुन्छ । नया भवनको दक्षिण तिरको बस्ति उफ्र फोहर जल्छ । त्यसको आसनतिर घर टहराहरु छर्लक्क भरीएका छन् । जलिरहेको कुहिरो उनिहरुको घरभित्र सजिलै पुग्छ । सायद स्याल कुकुरले ललविला पारेका क्यूरेट गरेका बच्चाका अंगहरु आगन सम्म पुग्नुपर्छ । रगत लदवदिएका कपास र पञ्जा गोलोब्सहरु चाट्दै घर सम्म लैजान्छन् । खादा खादै धेरैपटक घिनै घिनमा गास निल्ने अबस्था आउछ होला । सजिलो त्यो बस्तिकालाई पनि छैन । जति सुरक्षित अन्य क्षेत्रका बासिन्दाका लाहि हुन्छ ।
अस्पतालको एक फन्को लाउदा खुला फोहर मात्रै देख्न सकिन्छ त्यसमा अस्पतालजन्य फोहर लगेर जलाईएको छ । फनक्क उत्तरतिर घुमेर शब गृह पुग्दा धेरै थुप्रा छन् । जहा असरल्ल छरिएका फोहर, जलेका र जल्दै गरेका अधकल्चो फोहर देख्न पाईन छ । अस्पतालको वार्डमा बसेको विरामीले झल्झली त्यो फोहर भ¥याङ चढ्दा र झर्दा देख्न सक्छ । माथिल्लो तला बाट त भित्रै बाट पनि देखिन्छ । जलाएको र सडेको गन्ध हावा संग कहा पस्दैन होला ? राति वा दिउसो जलाएपनि अस्पतालजन्य एवं प्लाष्टिक युक्त फोहर विरामी कुरुवाले सुघिरहन्छ । तल फोहर जलाईन्छ बन माहुरी काढ्दा तल रुखको वा पहरको फेदिमा आगो सल्काएर धुवा दिएको जस्तै हुन्छ । त्यसले थप रोगि बनाउने कुरा सायद अस्पतालका चिकित्सकहरुलाई पनि जानकारी हुनुपर्छ । एक पटक क्यारी बनाएर फुल लगाएको क्षेत्र अहिले घास उम्रिएको छ । शुरु गर्ने निरन्तरता नदिएर लगानी खेर गएको अस्पताल समितिका सदस्य विवेक श्रेष्ठले जानकारी दिनुभयो । घुम्दै र घासले पुरिएका क्यारी देखाउदै गर्नुभयो ।
यतिवेला फोहर व्यवस्थापनका लागि ज्ञापन पत्र बुझाउन जाने लहर चलेको छ । माउन्टभ्यु टोल विकास संस्था, वडा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति घोराही ६ र १० लगाएतले बैठकका निर्णय बाटै फोहर व्यवस्थापन गर भने । उनिहरुले ज्ञापन पत्र लगेर पनि बुझाएका छन् । तिनका खबर अनलाईन खबर तथा पत्र पत्रिकामा समाचार सार्वजनिक गरीए । अस्पतालका अध्यक्ष नारायण प्रसाद अधिकारी, निमित्त प्रमुख मेसु डा जनार्दन पन्थी, लगाएतले असार भित्रै खुला फोहर पुर्ने र सफा गर्ने वचन बद्धता जनाउनुभएको छ । बिहिवार मात्रै घोराही १० वडा नागरीक मंञ्चका संयोजक शक्तिराम डागिको नेतृत्वमा गौतमनगर टोलका नारायणभुसाल, घोराही ६ का सरसफाइ समितिका संयोजक मिनराज गौतम लगाएतले छलफल गर्नुभएको थियो । यसरीका प्रयासले अस्पताल परिवार सुनेर मिच्छीने अबस्था सिर्जना भएको छ ।
बा“च्न जाने ठाउ“ अस्पताल हो । त्यसलाई फोहरको डंगुर बनाउने हामिमा चेतना छ । यो दोष त्यहाको प्रशासन र कर्मचारीको मात्रै होईन । अस्पतालका शाखा अधिकृत मिनराज पाण्डेयले दिएको जानकारी अनुसार ३३ जना कार्यालय सहयोगी छन् । पाण्डेयले कर्मचारीको लिष्ट गाजीबाटै निकाल्छन् । त्यसमा तिन जना स्विपर छन् । उनिहरुलाई स्विपर, कार्यालय सहयोगी भनेर नियुक्ती दिएको मेसु पन्थिले जानकारी दिनुभयो । कसले के काम गर्ने हो ? भनेर किटान गरीएको छैन । नेपाल सरकारले दिएको स्विकृत दरवन्दि १५ जनाको हो । बाकि २१ जना अस्पताल प्रशासनले पटक पटक नियुक्त गरेको छ । यसरी सिर्जना गरीएका दरवन्दिमा व्यापक राजनीतिक न्युक्ति भएको छ । आफ्नो हातमा समिति आउदा आफ्ना मान्छे भरिएको छ । त्यसले गर्दा धेरै कर्मचारी हुदा पनि थोरै काम गरीन्छ । उनिहरुलाई चलाउन कठिन छ । करार नियुक्ती गरीएकालाई अबको म्याद थाप्दा काम तोक्ने प्रमुश पन्थिले प्रतिवद्धता जनाउनुभएको छ ।
सबै भन्दा महत्वपुर्ण कुरा अस्पताल क्षेत्रको सुकुम्वासी बस्ती व्यवस्थापन गर्नुपर्छ । त्यसो गरे नियमानुसार आफै व्यवस्थापन गर्नुपर्ने अस्पतालजन्य फोहर गाड्ने ठाउ“ मिल्ने छ । त्यसका लागि यस क्षेत्रका राजनीतिक दल, भुमिअधिकार मंञ्च लगाएत विभिन्न संघ संस्थाहरुले सकृय सकारात्मक पहल गर्नुपर्छ । आखिर सभागृह स्थलमा दाङ उद्योगवाणिज्य संघले सुकुम्वासी बस्ति व्यवस्थापन गरी छाड्यो । उपाध्यक्ष नाराण भुसालका अनुसार त्यहा“ दुईघरको लागि मात्रै व्यवस्थापन बाकि छ । त्यहि अबस्था अस्पताल विकास समितिले गर्न सक्नुपर्छ । बस्ति व्यवस्थापन गर्न नसक्ने, फोहर फाल्ने ठाउ नबचाउने अनि ठाउ छैन भनेर खुला फोहर फाल्न पाईदैन ।
पहिलो सहयोग घोराहीनगरपालिकाले गर्नुपर्छ । सेवा सुल्क लिएर भएपनि फोहर व्यवस्थापनमा साथ दिनुपर्छ । नियम कानुन अनुसार संगै व्यवहारलाई पनि भिडाउन र मिलाउन जरुरी छ । अस्पतालको फोहर व्यवस्थापन गर्न सकेनौ भने हामि पुर्ण सरसफाइको यात्रा तय गर्न सक्दैनौ । जिल्ला सरसफाइ फोकल पर्सन तिलक न्यौपाने लगाएतले बनाएको पा“च बर्षे कार्ययोजनाले फेल खान्छ । त्यसैले ठुलो अस्पताल नमुना बनाएर जिल्लाका अगुवा अघि बढ्ने दायित्व सम्झिनुपर्छ ।
विभिन्न अबसरमा फलफुल बा“ड्ने संस्कृति अस्पतालका अध्यक्ष नारायण अधिकारीले हटाउनु भएको छ । कण्ठ भएको उहाले गरेको अर्को निर्णय चिकित्सक संग हात नमिलाउने पनि हो । उत्तम निर्णय दुबै हुन् । फलफुल बा“ड्न रोक्नुभन्दा अर्को उपयोगी काममा कन्भर्ट गरेको भए उचित हुन्थ्योे । अहिलेको जरुरी त्यहा गएर फोहर उठाउने हो । सुझाव दिने हो । अब सबैले एक पटक अस्पताल सफा गर्ने बारे सोच्नुपर्छ । अभियान लिएर त्यहा पुगि अस्पतालाई सहयोग गर्नुपर्छ । केहि बर्ष सम्म यसलाई जारी राख्नुपर्छ । आर्टिष्ट विष्णु आर्टले सचेतनाका होर्डिङ बोर्ड सहायता गरेजस्तै आफ्नो क्षेत्र अरुले पनि खोज्नुपर्छ । हाम्रा अस्पताल सरसफाइका नमुना नहुदा सम्म गाउ समाज सफा गर्न सकिन्न । फलफुल बा“डेर दुईचार जना विरामीलाई रगत मासी बढाउला । दुर्गन्ध हटाए पुस्ताको स्वास्थ्य समस्या टर्छ । विरोध गर्न ज्ञापन पत्र पठाउने त अलिकति ठालु संस्कृति पनि छ । आफुलाई चर्चामा ल्याउने माध्यम पनि हो । कामै गर्ने हो भने बदल्ने उपाए खोज्नुपर्छ । त्यसैले अस्पतालमा फलफूल लगेर बा“ड्ने होईन टिमै लगेर सफा गर्न जरुरी देखिएको छ । फल बा“ड्न होईन सफा गर्न उपक्षेत्रीय अस्पताल जाने कि ?