दोलखा, १ चैत । दोलखामा बस दुर्घटना हुँदा दुई जानको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । सिनो हाइड्रो पावरले भाडामा लिएर सञ्चालन गर्दै आएको बा ४ ख ४५७३ नम्बरको बस दुर्घटना हुँदा २ मजदुरको मृत्यु भएको हो ।
मजदुरहरुलाई काममा लैजाँदै गरेका बस सडकबाट झण्डै ३० मिटर तल खस्दा सुर्खेत चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश थापा र लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ का ४४ वर्षीय हीराप्रसाद मिजारको ज्यान गएको हो ।
घाइतेहरुको भने जिल्ला सदरमुकाम चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये ४ जनाको अवस्थामा गम्भीर रहेको बताइएको छ ।











