काठमाडौं, १ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि कडा निगरानी गर्दै सरकारले सुरक्षा सतर्कता बढाएको छ। विप्लवका गतिविधि सूक्ष्म निगरानी गर्न प्रहरी परिचालन भएका छन्।

netra bikram chanda biplabप्रहरी मुख्यालयले राजधानीका प्रहरी एकाइ, प्रदेश र जिल्ला सुरक्षा समितिलाई विप्लव समूहका गतिविधिमाथि विशेष निगरानी गर्न निर्देशन दिएको हो। यस्तै नेपाल प्रहरीले सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गरेर आपराधिक गतिविधिको सूचना संकलन र विश्लेषण गरिहेको छ।

मुख्यालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिपक्षी दलका नेता, मन्त्री र पूर्वप्रधानमन्त्रीको सुरक्षामा खटिएका पिएसओलाई चनाखो हुन निर्देशन दिएको छ।

यता विप्लव समूहले भने सरकारको दमनलाई प्रतिकार गर्नका लागि जनुक्ति सेनामा भर्ती खुल्ला गरेको छ । यूएन, भारत, एमाले, वावुराम प्रचण्डले २०५२ सालदेखि दश वर्षसम्म युद्धमा होमिएका जनमुक्ति सेनालाई जवरजस्ती विसर्जन गरेको भन्दै फेरी विप्लवले जनुक्ति सेना भर्तीको आह्वान गरेको जनाएको छ ।