गलकोट, ८ फागुन । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साझ जीप दुर्घटना भएको छ । ध १ ज ७९१ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

accमृत्यु हुनेहरुमा छिस्तीका वर्षीया १९ की प्रियंका पुन, वर्षीया ३० की तुलसी पुन वर्षीया १४ की एलिना पुन र १३ वर्षीया ज्योती पुन छन् । उनीहरूको घर जैमिनी नगरपालिका–८ जैवका स्थानीय भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घटनास्थलबाट १० जना घाइतेहरुलाई उद्धार जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये गम्भीर भएका ४ जनालाई पोखरा रेफर गरिएको छ भने बाँकी ६ जनाको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।