घनश्याम बुढाथोकी
रोल्पा, ८ फागुन । रोल्पामा एक घरमा आगलागी हुदा पुर्ण रुपमा क्षति पुगेको छ । जिल्लाको रुन्टीगढी गाउपालिका वडा नं. ९ राम्दी स्थित मानबहादुर घर्तीको घरमा आगलागी भएको हो ।
घरमा बच्चाबच्ची मात्र भएको समयमा करिब २ बजे एक्कासी आगलागी भएको थाहा भएको थियो । १ तले कच्ची घरमा आगलागी हुँदा घमा रहेका अन्नपात,भाडाबर्तन, लक्तापकडा लगायत जली करिब २ लाख ५० हजार बराबरको क्षति भएको थियो ।
आगलागी भएको खबर पाउना साथ ईलाका प्रहरी कार्यालय होलेरीबाट पुगेको प्रहरी टोली,स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।











