काठमाडौं, ३ फागुन। प्रदेश नम्बर ५ मा आज सार्वजनिक विदा दिइएको छ ।

pardes 5५ नम्बर प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाउने गरी आज सार्वजनिक विदा दिएको हो । प्रदेश स्थापना दिवसको अवसर पारेर विभिन्न रचनात्मक कार्यक्रम गरी मनाउन लागेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।

आन्तरिक मामिला मन्त्रालयका अनुसार स्थापना दिवसको अवसरमा फागुन २ देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
माघ १४ गते बसेको बैठकले फागुन ३ गते प्रदेशभर सार्वजनिक विदा दिने निर्णयसमेत गरेको थियो ।