इन्द्रेणी संवाददाता
दाङ, ३ फागुन । दाङको गढवा गाउँपालिका ७ बिजयपुर स्थित बालाराम बिकको फुसले छाएको २ तले कच्ची घरमा आगलागी हुँदा करीव पाँच लाख बराबरको क्षति भएको छ । विकको घरमा चट्याङ परी आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आगोमा परेर विककी श्रीमती बर्ष ७४ को मोति बिक घाइते भएकी छन् । घाइते विकको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आए पनि घरमा रहेको महत्वपूर्ण समान जलेर नष्ट भएको छ ।











