काठमाडौँ, ३ फागुन । मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीविरुद्ध संसदीय सुनुवाइ समितिमा चार वटा उजुरी परेका छन् । समितिले पाँच अध्यक्षविरुद्ध उजुरी आह्वान गरेकोमा अन्सारीविरुद्ध मात्र उजुरी परेको हो ।
अन्य चार अध्यक्षविरुद्ध कुनै पनि उजुरी परेका छैनन् । अब उजुरीकर्तासँगको छलफलपछि प्रस्तावित पदाधिकारीको सुनुवाइ प्रक्रिया प्रारम्भ हुनेछ । हालसम्म उजुरी औपचारिकरुपमा सार्वजनिक गरिएको छैन ।











