सिन्धुली, २४ माघ । सिन्धुलीको फिकल गाउँपालिका–२ चण्डी भञ्याङमा एउटा जीप दुई सय मिटर तल खस्दा ५ जनाको मृत्यु भएको छ ।

accdentफिकलबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा. १५ च ९४२२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा र एकजनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मृतकको सनाखत भइनसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जीपमा ८ जना सवार भएको बताइएको छ ।