दाङ, २४ माघ । राप्ती समाज यूकेले सल्यानका बाढीपीडित बालिकालाई शैक्षिक सहयोग गरेको प्रदान छ ।
गएको भदौ १२ गते बागचौर नगरपालिका–४ सल्यानमा गएको पहिरोमा परी बुबाआमा गुमाएका १३ वर्षिया कमला बिक, ११ वर्षिया पुतला विक र ८ वर्षिया सुनिता बिकको पठनपाठनका लागि समाजका आजीवन सदस्य नन्दबहादुर क्षेत्रीले सहयोग हस्तान्तरण गरेका हुन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै समाजका सदस्य क्षेत्रीले समाजका सदस्यहरुबाट संकलन गरेको १ लाख ६५ हजार रकम राष्ट्रिय वाणिज्य बैंक तुलसीपुरमा मुद्दती खातामा जम्मा गरिदिएको बताए ।











