काठमाडौं । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित साउदी अरेवियाका नवनियुक्त राजदूत मुसैद एस. अल मारवानीले शिष्टाचार भेटवार्ता गरे । मंगलबार सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत मारवानीले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटका अवसरमा सभामुख महराले नेपाल–साउदी अरेबियाको कूटनीतिक सम्बन्ध चार दशकअघिदेखि नै रहेको भन्दै दुई देशबीचको सम्बन्ध निकै प्रगाढ रहेको बताए ।
साउदी अरेवियन राजदूतको रुपमा नेपाल आउनुभएका मारवानीलाई स्वागत गर्दै सभामुख महराले राजदूतको रुपमा मारवानीको कार्यकाल सफल हुने र दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गरे ।











