kp-prachandकाठमाडौं २२ असार। सत्ता परिवर्तनका श्रंखला जोडिँदै गरेको बेला प्रधानमन्त्री केपी ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर ‘जे गर्नुपर्ने हो, छिट्टै गर्न’ बाटो खुल्ला गरिदिएका छन् ।

अस्ति सोमबारको भेटमा उनले भनेका थिए, ‘तपाईमा बारम्बार अस्थिरता देखा पर्ने गरेको छ । अहिले फेरी यो प्रकट भयो । प्रत्येक पार्टी आफ्नो निर्णय गर्न स्वतन्त्र छन् । माओवादीले के गर्दा वेश हुन्छ एमालेले भन्ने कुरा आएन । ठ्याक्कै के गर्न लागेको हो बेलैमा पोजिशन क्लियर गर्नुस् ।’