इन्द्रेणी संवाददाता

आषाढ २२ सिन्धुपाल्चोक ।  अत्यधिक वर्षाका कारण सिन्धुपाल्चोकको भोटेकोसी नदीमा ठूलो बाढी आएको छ ।
चीनको तिव्वतमा भीषण वर्षा हदाँ आएको वाढीका कारण सिन्धुपाल्चोकको भोटेकोसी नदीमा पानीको बहाव बढेको छ । सिमाना रहेको  तिब्बत क्षेत्रमा लगातारको वर्षाका कारण आएको बाढीले तातोपानी, बाह्रबिसे, लामोसाँघु, खाँडीचौरलगायत क्षेत्र डुबानमा पर्न सक्ने सम्भावना देखिएको छ ।Badhi_harekpal
मङ्गलबार रातिदेखि अत्यधिक वर्षाले भोटेकोसी नदीमा पानीको बहाव बढेकाले नदी किनारमा बसोबास गर्ने स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको र बाढीले हालसम्म कुनै पनि मानवीय क्षति भएको विवरण नआएको जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी उपरीक्षक रवीन्द्र केसीले जानकारी दिए ।
वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत जम्बु भन्ने स्थानमा बाढीले सडक कटान गरेको र जुरेमा माथिबाट खसेको लेदोका कारण बन्देउ–तातोपानी सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु पाण्डेले तातोपानी, बाह्रबिसे, लामोसाँघु, खाडीचौरका स्थानीयवासीलाई मङ्लबार रातिदेखि माइकिङ गर्दै सुरक्षित स्थानमा जान अनुरोध गरेको र वर्षा र बाढीका कारण सञ्चार सम्पर्कमा समेत कठिनाइ भएको बताए ।
राति नदिमा बाढी आएसँगै स्थानियबासीन्दालाई सुरक्षित स्थानमा सारिएको छ । बाढी आएसँगै नदी किनारामा रहेका स्थानीयबासी रातिनै लत्ताकपडा लिएर सुरक्षित स्थान तर्फ लागेका छन् ।
ऋहिले भने वाढीको सतह घट्दै गएको सिन्धुपाल्चोकका जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र केसीले जानकारी दिए । उनले बाढीले मानवीय क्षति नभएको जनाउँदै नदी किनारको सडकमा भने क्षति पुगेको जनाए । भोटेकोशीको बाढी विगत ११ वर्षमा आएको ठूलो बाढी रहेको स्थानीयले बताएका छन् ।