काठमाडौ २२ असार देशमा सरकार परिवर्तनको कुरा चलिरहँदा पुर्व प्रधानमन्त्री तथा एमालेका प्रभावशाली नेता झलनाथ खनाल चीन उडेका छन् । देशमा सरकार परिवर्तनको खेल शुरु हुनु, सरकार परिवर्तनको खेलमा भारतको चासो बढी रहेको यस अवस्थामा झलनाथ खनाल चीन जानुलाई राजनीतिवृतमा अर्थपूर्ण रुपमा लिएको छ ।

jhalanathसरकार परिवर्तनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अग्रसर भएको बेला पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनाल गोप्य रुपमा चीन उड्नुलाई राजनीतिमा फेरबदल हुने संकेत देखिएको छ । स्मरणीय छ, यसअघि खनाल चीन भ्रमणमा रहेकै बेला चर्चित कटवाल काण्डपछि प्रचण्ड नेतृत्वको सरकार ढलेको थियो ।

‘वान बेल्ट वान रोड’ सम्बन्धी सेमिनारमा भाग लिन खनाल बेइजिङ जान लागेका हुन् । खनाललाई चीनको इनर युनिभर्सिटीले सम्मान गर्ने कार्यक्रम तय भएको बताइएको छ ।