दाङ २१ असार । भोलि इदुल्ल फित्र, इस्लाम धर्मावलम्बीहरुको यो पर्वमा हरेक वर्ष विदा दिइने गरिन्छ । तर, यसपटक भने विदा दिने वा नदिने विषयमा अझै अन्यौल रहेको छ ।
गृहप्रवक्तालाई उद्धृत गर्दै विभिन्न अनलाइनमा समाचार प्रकाशित भए पनि गृहप्रवक्ता यादव प्रसाद कोइरालाले भने हालसम्म यस विषयमा कुनै निर्णय नभएको रातोपाटीलाई बताएका छन् । उनले भने, ‘बिदा त दिने हो तर धर्मगुरुहरुले हालसम्म निर्णय नदिएको कारणले यसबारे कुनै निर्णय भएको छैन ।’