इन्द्रेणी संवाददाता

असार , २१ दुवाई । रोजगारीको शिलशिलामा युएइ को Nestle Dubai Manufacturing (UAE) मा कार्यरत ६८ जना नेपाली कामदारहरुले आर्थिक संकलन गरि सिन्धुपाल्चोक गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई एक लाख ४७ हजार पाँच सय रुपैँया संयुक्त रुपमा सहयोग गरेका छन् ।

Giranchaur-dhurmus-suntali-1-1उनिहरुले गत सोमबार Western Union मनि ट्रासफरबाट (सुन्तली) कुन्जना घिमिरेको नाम मा आर्थिक सहयोग नेपाल पठाएको Nestle दुबईमा कार्यरत नारायण आचार्यले जानकारी दिनुभयो । गत बर्षको विनासकारी भूकम्पले पु-याएको क्षतिको अझै पुनर्निर्माण हुन नसकेको र वर्षा लागिसकेको भएपनि पीडितहरु टहरामा बस्न बाध्य छन् । उनीहरुको जीवन कष्टकर बन्दै गएको छ ।

विनासकारी महाभूकम्पबाट पीडित भएका पीडितलाई सहयोग अभियान चलाउदै आएको धुर्मस सुन्तली फाउण्डेसनले भूकम्प पीडितको उद्धार र विकासको नमूनाका लागि गिरान्चौर एकिकृत बस्ती निर्माण सुरु गरिसकेकाले थोपा थोपा गरेर अर्थ संकलन भइरहेको फाउण्डेसन लाई आफुहरुले पनि सहयोग गरेको आचार्यले वताए ।