काठमाडौं, २९ पुस । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आइतबार मध्याह्न १२ बजेबाट बैठक शुरु हुने संसद सचिवालयले जनाएको छ ।
बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेश गर्ने कार्यसूची छ भने ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ ।











