दाङ, २९ पुस । फोहर प्लाष्टिक जलाउँदा खोज्दा घोराहीमा एक व्यापारीको आफ्नै अनुहार जलेको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित काठेकोहल चोकमा इलेकट्रोनिक्स पसल संचालन गर्दै आएका कुलबहादुर चौधरीको आफ्नै अनुहार जेलेको हो ।
काठेकोहल चोकबाट पसल सार्ने क्रममा पसलबाट निस्किएका प्लाष्टिक जन्य बस्तु जलाउँदा उनको मुख जलेको हो । चौधरीले पटक पटक सडकमै फोहर जलाउँदै आएका थिए ।
प्लाष्टिक जलाउँदा प्लाष्टिमका भएको केमीकल उछट्टीएर मुखमा परेपछि चौधरी घाइते भएका छन् । घाइते चौधरीको अनुहार चिन्न सक्ने अबस्थामा नरहेको उनको भनाइ छ । घाइते चौधरीले उपचारमा रहेको बताएका छन् ।











