दाङ, २७ पुस । पूर्वराष्ट्रपति डा. रामवरण यादवले वातावरणमैत्री रुपमा विकास आवश्यक रहेको बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले शुक्रवार गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले भने, ‘देशमा विकास आवश्यक छ तर विकास निर्माण गर्दा वातावरण मैत्री रुपमा गर्न जरुरी छ ।’

rabaranहरेक क्षेत्रको विकास नहँुदा देशलाइ अगाडि वढाउन समेत नसकिने यादवले बताए । विकास गर्दा सचेत भएर अगाडि वढनुपर्ने बताए । अहिले विकासको नाममा पहाडी तथा अन्य क्षेत्रमा जताततै डोजर लगाउने गरीएको बताए ।

कार्यक्रम संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रकममा धन्यावाद ज्ञापन संघका वाणिज्य उपाध्यक्ष टंकसिंह बुढाथोकीले गरेका थिए ।