दाङ, २५ पुस । दाङमा पहिलोपटक स्वास्थ्यकर्मीसहितको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा आएको छ । तुलसीहस्पिटल प्रा.लि तुलसीपुरले यस्तो सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।
आइसीयु, भेन्टिलेटर, काड्र्रीयाक, सक्सन, नेबुलाइजर, इसिजीलगायतका बिरामीका लागि आवश्यकपर्ने स्वास्थ्यकर्मीसहितको टोली पनि बस्न मिल्ने एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।











