काठमाडौँ, २५ पुस। गृह मन्त्रालयलाई सङ्घीय संसद्, राज्य व्यवस्था तथा सुशासन समितिले लागुऔषध ओसारपसारसँग सम्बन्धित गतिविधि रोक्न निर्देशन दिएको छ ।

Home_ministry_nepalसिंहदरबारमा आज बसेको समितिको बैठकले सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, सीमा अपराध र सङ्गठित अपराध नियन्त्रण गर्न र आतङ्ककारी गतिविधिलाई रोक्न थप मिहेनत र परिश्रमका साथ काम गर्नेतर्फ सशस्त्र प्रहरी बलका सबै अधिकृत र जवानलाई परिचालित गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

सशस्त्र प्रहरी सेवामा कार्यरत कर्मचारीको नियमावली अनुसारको वृत्ति विकासका अवसर प्रदान गर्दै सशस्त्र प्रहरी बललाई राज्यले प्रदान गरेको भूमिका प्रभावकारी रुपले निर्वाह गर्ने कार्यमा गृह मन्त्रालयले नीतिगत नेतृत्वदायी भूमिका निर्वाह गर्न समेत बैठकले निर्देशन दिएको छ ।