दाङ, २५ पुस । थारु समुदायको महान पर्व माघी आउदै गर्दा घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित झिगौरामा माघी मिलन कार्यक्रम सम्पन्न भएको छ ।
माघी मिलनका अबसरमा थारु समुदायले विभिन्न भेषभुषा तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । त्यस अबसरमा बोल्दै संघीय संसदका सदस्य मेटमणी चौधरीले माघी थारु समुदायको महान पर्व भएको हुदा सवैले एक आपसमा माया प्रेमका साथ मनाउनुपर्ने वताए ।
ब्रामहण, क्षेत्री, मगर सबैले सद्भावका साथ मनाउनुपर्ने उनको भनाइ थियो ।
झिगौराका सबै थारु सुमदाय गुठीको जग्गामाबस्दै आएको बताउँदै चौधरीले किसानले जोतभोग गर्दै आएको जग्गा रैकरमा परिणत गर्ने उदेश्यका साथ सरकारले कानुन वनाउन थालेको वताए ।
माघी मिलनका अबसरमा आयोजित सांस्कृतिक कार्यक्रममा रातामाटा टोल विकास संस्था पहिलो,हरियाली बचत समूह दोस्रो, गरुवा गाउँ टोलविकास संस्था तेस्रो ,कपासी टोल विकास संस्था चौथो झिगौरा टोल विकास संस्था पाँचौ र ठोक्रैया टोल विकास सस्था छैठौ स्थान हासिल गरेका थिए । टोल विकास संस्थाहरुले क्रमश ३ हजार, २ हजार,१ हजार,७ सय र ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।











