इन्द्रेणी संवाददाता
दाङ, २४ पुस । दाङमा एक जना तोरीवारीमा मृत अवस्थामा फेला परेका छन् । शान्तिनगर गाउँपालिका ३ पातेटाकुरा वस्ने अन्दाजी वर्ष ४२ का डम्बर केसी घर नजिकैको तोरीवारीमा मृत फेला परेका हुन् ।
उनले मादक पदार्थ सेवनका साथै प्रेसरको औषधि सेवन गरेको खुल्न आएको छ । आइतवार मृत फेला परेका केसीको शव उनका दाजु मानबहादुर केसीले बुझिलिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।











