काठमाडौं, २४ पुस। अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई राजदूतबाट हटाउने निर्णय गरेको हो ।

lucky-sherpaनेपालबाटै अष्ट्रेलिया ल्याएका निजी चालकसँग लेनदेन लगायतको विवाद चुलिएपछि परराष्ट्र मन्त्रालयले राजदूत शेर्पासँग स्पष्टीकरण सोधेको थियो । साथै शेर्पाविरुद्ध छानविन समिति पनि बनाएको थियो ।