घोराही, २४ पुस । ‘संकृतिक विकासके लाग हमार अभियान, सामाजिक न्याय सहितक समृद्धम योगदान’ भन्ने मुल नारा सहित यहि पुस २६ र २७ गते आयोजना गर्न लागिएको प्रादेशिक माघ महोत्सवलाई भब्य र सभ्य बनाउका लागि दाङका महटावाहरुसंग सोमवार नारायाणपुरमा बृहत छलफल गरिएको छ ।

hatawaप्रादेशिक माघ महोत्सव मुल आयोजक समितिको आयोजनामा तथा महटावा उपसमितिको संयोजनमा दाङका महटावाहरुसंग महोत्सवको विषयमा छलफल गरिएको महोत्सव प्रचार प्रसार समितिका संयोजक सन्तोष दहितले जानकारी दिए । उनको अनुसार महटावा महासंघ दाङका पदाधिकारी तथा घोराही उपमहानगरपालिका भित्र रहेका ४० जना महटावाहरुसंग छलफल तथा अभिमुखिकरण गरिएको हो ।

महोत्सवको विषयमा जानकारी गराउदै महोत्सव मुल अयोजक समितिका संयोजक भुवन चौधरीले पहिलो पटक दाङमा प्रादेशिक माघ महोत्सव आयोजन गर्न लागिएकोले सवै महटावाहरुलाई सहयोग गर्न अनुरोध गरेका थिए ।

तीन प्रदेशबाट थारु झाँकी सहित मघौटा नाच प्रर्दशनि संगै थारु भाषा तथा साहित्यको विकासमा राज्यको नीति सम्वन्धि कार्याशाला गोष्ठी समेत छलफल गरिने भएकोेले सवै महटावाहरु अनिवार्य रुपमा सहभागिता जनाउनुपर्ने बताएका थिए ।