काठमाडौं, २१ पुस । वाइडबडी खरिद प्रकरणमा चरम भ्रष्टाचार गरेको भन्दै मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट युवा संगठनले नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारलाई कालोमोसो दलेको छ ।
कंशकारलाई कार्यकक्षमा शुक्रबार कालोमोसो दलेका हुन् । श्रोतका अनुसार कालोमोसो अमिर महर्जनको टोलीले दलेको हो । पार्टीको केन्द्रीय नीति अनुरुप स्थानीयस्तरमा भ्रष्टाचारीलाई कारवाही गर्ने कार्यक्रम अनुरुप कंशाकारलाई कालोमोसो दलिएको संगठनले जनाएको छ ।











