दाङ, २० पुस । संजीवनी कलेज अफ मेडिकल साइन्सेज बुटवल रुपन्देहीको आयोजनमा प्राविधिक शिक्षा र यसको महत्व विषयक प्रदेश नं. ५ स्तरीय वक्तृत्वकला प्रतियोगिताको छनोट चरण अन्तर्गत दाङको घोराहीमा एक कार्यक्रम सम्पन्न भएको छ ।
प्रतियोगितमा दाङको दिपज्योती टेक्नीकल कलेजकी(नर्सिङ)एलिजा पाण्डे प्रथम र गोरखा इन्टरनेशनलका मा.वि. घोराहीका शौरभ आचार्य दोस्रो भएका छन ।
दाङमा छानिएका प्रतिसपर्धीले माघ महिनामा ग्राण्ड फिनाले वुटवलमा बृहद शैक्षिक बहस सहीत सम्पन्नगरिने जानकारी कलेजले दिएको छ । बुटवलमा हुने फाइनल प्रतिप्रर्धाका विजयीह प्रथम, द्धितीय, तृतिय र सान्त्वनाले क्रमशःबीस हजार, पन्ध्र हजार, दशहजार र पच्चिस सय नगद, प्रमाणपत्र पाउने कलेजका कार्यकारी प्रमुख दिपक रोकाले जानकारी दिए ।











