इन्द्रेणी संवाददाता
दाङ, २० पुस । दाङको घोराहीमा जिल्लाकै पहिलो नेप्कीन उद्योग सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ विपी चोकको दक्षिणतर्फ ‘मितज्यू नेप्कीन उद्योग सञ्चालनमा आएको हो ।

kkkkस्थानीय श्रीधन भुसालर रामचन्द्र नेपालले आफ्नै लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याएका हुन् । जिल्लामा वाहिरबाट नेप्कीन पेपरहरु भित्रिरहेको अवस्थामा सर्वसुलभ रुपमा जिल्लामै यो पेपर उत्पादन गर्ने उद्देश्यका साथ उद्योग सञ्चालनमा ल्याएको लगानीकर्ता श्रीधन भुसालले बताए ।

आज पत्रकार सम्मेलनको आयोजना गरी अब जिल्लामै नेप्कीन पेपेर उत्पादन गरी दाङसहित छिमेकी जिल्लाहरुमा बजारिकरण गर्ने लक्ष्य रहेको लगानीकर्ताको भनाइ छ ।