काठमाडौँ, २० पुस । राष्ट्रियसभाबाट ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ लाई स्वीकृत भएको छ । आज शुक्रवार वसेको बैठकमा ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्ताव गरेको उक्त विधेयकलाई बैठकले स्वीकृत गरेको हो । यस्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५ लाई दफाबार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।











