इन्द्रेणी संवाददाता
दाङ, १५ पुस । प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोखरेलले दाङका शहरहरुलाई वातावरणमत्री बनाउन विद्युतिय बस सञ्चालनमा ल्याउने बताए ।

sankarतुलसीपुदार उपमहानगरपालिकाको आयोजनामा दाडको तुलसीपुरमा आइतवार आयोजना गरिएको आर्थिक विकास सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले यस्तो बताए । ‘हामी दाङका स्थानीय तहसँगको सहकार्यमा यहाँ विद्युतिय बस सञ्चालनमा ल्याउने र यहाँका शहरहरुलाई वातावरणमत्री स्मार्ट सिटी बनाउने तयारीमा छौं’, उनले भने, ‘यसले दाङका स्थानीय तहलाई नयाँ युवको आभास पनि बनाउनेछ ।’
प्रदेश सरकारले दाङमा ३०÷४० वटा विद्युतिय बस ल्याउने उनले बताए । अहिले दाङका उपमहानगरहरु भौगोलिक भन्दा पनि जनताको संख्याका आधारमा निर्माण गरिएको भन्दै उनले अहिले उपमहानगरहरु विकासका दृष्टिले कम्जोर भएको बताए । उपमहानगरपालिकाको विकासका लागि स्थानीयतहहरुबीच सहकार्य हुन आवश्यक रहेको मन्त्री पोखरेलको भनाइ थियो ।

बजारको विकासका लागि गाउँको विकास अपरिहार्य रहेको भन्दै गाउँलाई बजारसंँग जोड्ने गरी योजना बनाउनुपर्ने भन्दै उनले अहिले दाङका कुनै पनि शहर ब्यबस्थित नभएको शहरहरुलाई ब्यबस्थित बनाउन निकै चुनौती सामना गर्नुपर्ने बताए ।

कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर आर्थिक विकास सम्मेलनबाट तुलसीपुरको आर्थिक विकासका लागि आएका सुझाबलाई आउँदो बर्षको बजेट तथा नीति तथा कार्यक्रममा समावेश गर्ने बताए ।