इन्द्रेणी संवाददाता
दाङ, १५ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) दाङको १४ औं जिल्ला अधिवेशन उद्घाटन समारोहमा प्रदेश नं. ५ का मुख्य मन्त्री शंकुर पोख्रेलले मुलुकको शैक्षिक विकासमा संस्थागत विद्यालयहरुको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

49077033_572315369900474_7425641049080463360_nघोराहीमा शुरु भएको अधिवेशन उद्घाटनमा मन्त्री पोख्रेलले शिक्षा क्षेत्रमा सबैको चिन्ता वढेको भन्दै यसमा देखा परेका समस्यालाई समाधान गर्न सबै जुट्नुपर्ने बताए । समस्या साधानका लागि निजी र राज्य पक्ष हातेमालो गरेर अघि वढ्नुपर्ने उनको भनाइ थियो ।

प्याव्सन दाङका अध्यक्ष यादव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय महासचिव राजेन्द्र वानियाले राज्यकै आग्रहमा निजी विद्यालयहरु स्थापना भएको भन्दै सरकारी र संस्थागत विद्यालयलाई राज्यले एउटै आँखाले हुनुपर्ने धारणा राखे ।