इन्द्रेणी संवाददाता
दाङ, ११ पुस । दाङका सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

accdentपुर्ब–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नं. ८ गणेशपुरमा दिल्लीबाट बुटवटतर्फ जाँदै गरेको ना ६ ख ८४४४ नंं.को बसले चन्द्रौटादेखि अत्तरिया तर्फजादैँ गरेको ना ६ ख ५२६० नं. को ट्रकलाई ठक्कर दिँदा बस चालक कोटवारा ७ तनहुँ घरभई हाल कोहलपुर नगरपालिका ११ वस्ने बर्ष ४५ को कृष्णबहादुर सारुमगरको ज्यान गएको हो । उनको उपचारको क्रममा कोहलपुर मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना बुधवार दिउसो भएको हो ।